×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको नीति तथा कार्यक्रम : सरकारी स्वामित्वका बन्द उद्योग फेरि सञ्चालन गरिने !

LAXMI SUNRISE BANK

सरकारको नीति तथा कार्यक्रम : सरकारी स्वामित्वका बन्द उद्योग फेरि सञ्चालन गरिने !

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले बन्द रहेका सरकारी स्वामित्वका उद्योगलाई पुन सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी स्वामित्वका उद्योग तथा संस्थानलाई उपर्युक्त विधि र व्यवस्थापन बनाएर निजी क्षेत्रको संलग्नतामा सञ्चालनमा ल्याइने उल्लेख गरिन् ।
सरकारी स्वामित्वका हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, ओरियन्टल म्याग्नेसाइट, वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना तथा विराटनगर जुटमिल बन्द छन् । यी उद्योगहरुले प्रतिस्पर्धी उत्पादन गर्न नसकेपछि र सरकारको दायित्व बढिरहेपछि बन्द भएका हुन् । यसअघि निजी क्षेत्रलाई लिजमा दिएर यी उद्योग पुन सञ्चालनको तयारी गरिएपनि कार्यान्वयनमा आएको थिएन । तर, यी उद्योग पुन सञ्चालनमा ल्याउँदा प्रतिस्पर्धी उत्पादन गर्नेमा आशंका छ ।
यस्तै सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाईने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी