×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाउछौै’ : स्वास्थ्यमन्त्री ढकाल (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

‘जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाउछौै’ : स्वास्थ्यमन्त्री ढकाल (भिडियो रिपोर्ट)

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने बताउनुभएको छ । १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले भन्नुभयो, ‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडिटी र नपुगेकाहरुको हकमा पिसिआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ । ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’
मन्त्री ढकालले उपत्यकामा जनसंख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी सरकारले गरेको बताउनुभयो । सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उहाँले बताउनुभएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी