
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५३ दिन पुगेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएको छ । लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबार देखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो ।
त्यस्तै उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय समेत गरेको थियो । तर फेरी कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई कडाई गरेको छ ।
शुक्रबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई पारेको देखिएको छ । प्रहरीले सवारी पास नभएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावस्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ । उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेको देखिन्छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्