Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमित भेटिएपछि धादिङको कटुवालापौवा सिल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धादिङ – धादिङबाट काठमाडौँ आएकी एक महिलामा कोरोना भाइरस पुष्टि भएपछि गल्छी गाँउपालिका वडा नं. ८ कटुवाल पौवा सिल गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट धादिङकी ३० वर्षियामा कोरोना पुष्टि भएपछि शुक्रवार बिहानबाट संक्रमण ऐन अनुसार उक्त स्थानलाई  सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले गाँउलाई सिल गरी परिवार आफन्तको पिसिआर गर्ने र गाँउलेहरुको आरडिटी गर्ने निर्णय गरेको छ । कोरोना पोजेटिभ देखिएकी ति महिला लकडाउनकै बीच चैत्र १६ गते काठमाडौँबाट घर गएकी र वैशाख २८ गते काठमाडौँ फर्किएकी थिइन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK