×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेका ८ संक्रमित केही दिनअघि भारतबाट आएको पुष्टी, आइसोलेसनमा राखेर उपचार हुँदै

LAXMI SUNRISE BANK

बाँकेका ८ संक्रमित केही दिनअघि भारतबाट आएको पुष्टी, आइसोलेसनमा राखेर उपचार हुँदै

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शुक्रबार (आज) प्रदेश ५ को बाँकेमा पुष्टि भएका ८ जना कोरोना संक्रमित सबैजना ७ देखि १० दिनअघि भारतबाट नेपाल आएको खुलेको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले उनीहरु सबै भारतबाट ७ र १० दिन अगाडि नेपाल आएको बताए । उनीहरु नेपाल प्रवेश गरेपछि गाउँपालिकाले तयार गरेको २ वटा क्वारेन्टाइनमा राखिएको थियो ।
शुक्रबार विहान बाँकेमा ८ जनामा कोरोना पुष्टि भएसँगै प्रदेश नं. ५ मा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ। १ सय २ जना मध्ये रुपन्देहीको कोटहीमाईका १ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् । शुक्रबार बाँके नरैनापुर गाउँपलिका वडा नं. १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै बाँकेमा कुल संक्रमितको संख्या ३३ पुगेको छ।
प्रदेश नं. ५ मा कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै रुपन्देहीमा २८ छन् भने बर्दिया र नवलपरासीमा १-१ जना संक्रमित रहेका छन् । संक्रमितमध्ये बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ जनालाई राखिएको छ । यस्तै भैरहवा स्थित भिम अस्पतालमा १९ जनाको उपचार भइरहेको छ।
त्यस्तै बाँके नेपालगञ्ज स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा २६ जनाको उपचार भइरहेको छ। परासी अस्पतालमा १ र कपिलवस्तु जिल्ला अस्पतालमा १ जनाको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानाकारी दिए ।
शुक्रबार थप भएका बाँकेका संक्रमितबारे भने अझै केही टुंगो लागेको छैन् । हाल रहेका अस्पतालहरुमा बेड नभएकाले उनीहरुलाई दाङ लैजाने सम्भावना रहेको उनले बताएका छन् । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् वैठकले पनि बाँके र रुपन्देहीमा रहेका आइसोलेसन अस्पतालहरुमा बेड खाली नभएकोले दाङको बेलझुण्डीमा रहेको कोरोना अस्पतालमा लैजाने निर्णय गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी