×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस : भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्दै, नेपालको के छ तयारी ?

LAXMI SUNRISE BANK

कोरोना भाइरस : भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्दै, नेपालको के छ तयारी ?

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना भाइरसको नियन्त्रणका लागि घोषित लकडाउन तथा विविधि प्रकारका प्रतिवन्धपछि संकटमा परेको अर्थतन्त्र उकास्न भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने भएको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार घर फर्कन नपाएका मजदुर, मूल्य नपाएका कृषकलगायत लागि तेस्रो चरणको प्याकेज घोषणाको तयारी गरिएको छ । वित्त मन्त्री निर्मला सीतारमणले तेस्रो चरणमा आज २० लाख करोड भारतीय रुपैयाँ बराबरको आर्थिक प्याकेजको घोषणा गर्दैछिन् ।
तेस्रो चरणमा घोषणा हुने प्याकजे बढीजसो प्रवाशी मजदुरको सेवा तथा सुविधाका लागि लक्षित हुने वित्त मन्त्रालयले संकेत गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । भारतमा लकडाउनपछि काम गुमाएका करोडौं मजदुर घर जान पाएका छन् । पैदल घरतर्फ लागेका कतिपय मजदुरको विभिन्न दूर्घटनामा ज्यान समेत गइरहेको छ । पछिल्लो केही दिन यता भने भारतले रेल सञ्चालनमा ल्याएर उनीहरुलाई सहजिकरण गरेको छ ।
भारतीय संचार माध्यमहरुका अनुसार ८ करोड प्रवासी मजदुरलाई निःशुल्क खानाको घोषणा गरिँदैछ । यसका लागि केन्द्र सरकारले ३५०० करोड रुपैयाँ खर्च गर्ने भएको छ । आगामी ३ महिनामा एक देश(एक रासन कार्डको सुविधा समेत भारतले घोषणा गर्दैछ । प्रतिपरिवार एक किलो चना, ५ किलो गहुँ वा चामल र दुई महिना निःशुल्क रासन उपलब्ध गराउने घोषणा समेत सरकारले गर्दैछ ।
तेस्रो चरणको प्याकेजमा सानो व्यवसाय गरेर जिन्दगी चलाइरहेका व्यक्तिका लागि समेत आर्थिक सुविधा घोषणा गरिने भएको छ । यसमा सडकमा व्यापार गर्नेदेखि साना खुद्रे व्यापारीलाई ऋणको ब्याजमा छूटसम्मका घोषणा हुने भएका छन् । २० लाख करोड भारुबाट कृषकले समेत राहत पाउने भारत सरकारको भनाइ छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी