×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने, कूटनीतिज्ञलाई बोलाइएन

LAXMI SUNRISE BANK

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने, कूटनीतिज्ञलाई बोलाइएन

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुने छ । तर यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी बस्नु पर्ने बाध्यताका कारण स्थान अभाव भएपछि विदेशी राजदूतलगायतका कूटनीतिज्ञहरुलाई नबोलाइएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘कोरोना संक्रमणका कारण विशेष परिस्थिति सिर्जना भएको पूर्वजानकारी गराउँदै यस वर्ष राजदूतलगायतका कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । यस वर्ष संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ । अघिल्ला वर्षहरुमा आयोगका सदस्यहरुलाई पनि बोलाउने गरिएकामा यस वर्ष अध्यक्षलाई मात्र बोलाइएको न्यौपानेले जानकारी दिए ।
आमन्त्रण गरिएका सबैले पीसीआर विधिबाट कोरोना परीक्षण गराएको रिपोर्ट पेस गर्नुपर्ने नियम छ । पीसीआर विधिबाट कोरोना परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएकाले मात्र संसदको बैठक कक्षमा प्रवेश पाउने संसद सचिवालयका स्वास्थ्य इकाइ प्रमुख डा। पुष्प रिजालले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी