
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । लक्ष्मी बैंकका एक स्टाफका आफन्तलाई कोरोना पोजेटिभ देखिएको खबर छ । जनकपुर शाखाका एक स्टाफका आफन्तलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका स्टाफसहित उक्त शाखाका सम्पूर्ण अन्य कर्मचारीहरुलाई क्वारेन्टाइन लगेर परिक्षण गर्ने तयारीसमेत भइरहेको बुझिएको छ ।
बैंकका कर्मचारी राजीव कुमार झाले दिएको जानकारी अनुसार एक स्टाफका आफन्तलाई कोरोना देखिएपछि स्टाफको परिक्षणको तयारी गरिएको हो । यता स्टाफका आफन्तलाई कोरोना पोजेटिभ देखिएपछि शाखाका सबै कर्मचारीहरुलाई क्वारेन्टाइन लैजान प्रशासनलाई तिब्र दबाब परेको छ । यद्यपी अहिलेसम्म कुनै स्टाफलाई पनि क्वारेन्टाइन नलगिएको झाले दावी गरे ।
‘टेष्ट पनि के हो ? कहिले पोजेटिभ भन्छ, कहिले नेगेटिभ भन्छ । तर हामीलाईचाहिं क्वारेन्टाइन लगिएको छैन ।’ बैंकका कर्मचारी झाले अर्थ सरोकार डटकमसँग भने, ‘स्टाफका आफन्तलाई कोरोना पोजेटिभ देखिएको भन्ने हो, यहि कुरालाई लिएर सबै बैंकका स्टाफलाई क्वारेन्टाइन लगिसकिएको भन्नेचाहिं होइन ।’
देशभर अत्यावश्यक सेवाका नाममा बैंक तथा वित्तीय संस्था खुल्दा जोखिम बढेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्