×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्लाभित्र गाडी चलाउने पास पनि खारेज गर्ने गृह मन्त्रालयको निर्णय !

LAXMI SUNRISE BANK

जिल्लाभित्र गाडी चलाउने पास पनि खारेज गर्ने गृह मन्त्रालयको निर्णय !

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।मन्त्रालयमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

जिल्ला भित्र गाडी चलाउन पाउने गरी यसअघि जारी भएका सबै पास रद्द गरिएको गृहका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् । यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ ।

सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि मन्त्रलयले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी