
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालका कुल कोरोना संक्रमितमध्ये अधिकाशं संक्रमित २०-५० उमेर समूहका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो । हालसम्म नेपालमा २ सय ४६ जना संक्रमित फेला परेका छन् । यसमध्ये १९८ जना पुरुष तथा ४८ जना महिला रहेका छन् । जसमा ३५ जना निको भइसकेका छन् भने २२ जिल्लामा संक्रमण फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार २२ हजार ६६४ पिसिआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३६२ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत माघ १४ बाट पीसीआर परीक्षण सुरु गरिएको थियो । त्यस्तै, चैत्र १९ देखि सुरु गरिएको आरडीटी परीक्षणको संख्या ६२ हजार ३२७ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण गरिएका छन् ।
क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् भने आइसोलेसनमा २७२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४ जना रेड जोनमा परेका छन् । रेड जोनमा हालसम्म ३ सय ५९ जना रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्