Skip to content
LAXMI SUNRISE BANK

रुसमा कोरोना संक्रमितको संख्या दुई लाख ५२ हजार नाघ्यो, दुई हजार बढीले गुमाए ज्यान (अपडेट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रुसमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या दुई लाख ५२ हजार नाघेको छ । रुसले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५२ हजार नाघेको हो ।
रुसमा पछिल्लो १२ दिनमा पहिलो पटक नयाँ संक्रमितको संख्या १० हजारभन्दा कम देखिएको हो । रुस अमेरिका र स्पेनपछि सबैभन्दा धेरै संक्रमित भएको मुलुक हो । पछिल्लो २४ घण्टामा रुसमा ९३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार तीन सय पाँच पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK