
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ । ब्राजिलले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सात सय ४९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ब्राजिलमा आठ सय ८१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो ।
दक्षिणी गोलार्धमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार एक सय ४९ जनाको मृत्यु भइसकेको छ । बुधबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ११ हजार तीन सय ८५ नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ८८ हजार नौ सय ७४ पुगेको छ । संक्रमित संख्याको हिसाबमा ब्राजिल विश्वको छैठौं सबैभन्दा प्रभावित मुलुक बनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्