
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
अहिले ति बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)का निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे छलफल गर्न बैठक बस्न लागेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्