×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध !

LAXMI SUNRISE BANK

स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा रोक लगाएको छ । मन्त्रालय बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा रोक लगाएको हो । 
समाचार संकलनका लागि यसअघि भने पत्रकारहरुले मन्त्रालय प्रवेश गर्दै आएका थिए । तर बुधबारदेखि  पत्रकारलाई मन्त्रालय प्रवेशमा निषेध गरिएको छ । मन्त्रालयमा गएका पत्रकारहरु गेटमै रोकिएका छन् । मन्त्रालयमा अरु मानिसहरुको आवतजावत भने रोकिएको छैन ।
स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएका थिए । अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ ।
मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाइ गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी