×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाद्धारा चीनबाट ल्याइने स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुग्ने

LAXMI SUNRISE BANK

नेपाली सेनाद्धारा चीनबाट ल्याइने स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुग्ने

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुग्ने भएको छ । हवाई मार्गबाट स्वास्थ्य सामग्री ल्याउन ढिलाइ भइरहेका बेला स्थलमार्गबाट शुक्रबार सामान काठमाडौं आइपुग्न लागेको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले २२ वैशाखमा चीनको ग्वान्झाओबाट हिँडेको कन्टेनर शुक्रबार काठमाडौं आइपुग्ने बताए । उनले भने, ‘पहिलो कन्टेनर शुक्रबार आएपछि क्रमशः अरू दुईवटा पनि आइपुग्नेछन् ।’
ग्वाञ्झाओबाट २२, २४ र २५ गते तीनवटा कन्टेनर नेपालको स्वास्थ्य सामग्री बोकेर हिँडेको थियो । ती कन्टेनरमा ११०, १३० र ३९९ सीयूएम स्वास्थ्य सामग्री थिए । स्थलमार्गबाट तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न ती कन्टेनरलाई १२ दिन लागेको छ ।
यसअघि सेनाले पहिलो चरणमा हवाई मार्गबाट दुईवटा वाइडवडी विमानमार्फत स्वास्थ्य सामग्री ल्याउने भनेको थियो । चीनमा सरकारी बिदा र भन्सारको लामो प्रक्रियाका कारण योजना पूरा नभएको जंगीअड्डाले दाबी गरेको थियो । यद्यपि, हालसम्म ग्वान्झाओमा सबै सामग्री जम्मा नै भइनसकेको स्रोतको दाबी छ ।
अब स्थल र हवाईमार्ग दुवैबाट सामान ल्याउने प्रक्रिया निरन्तर अघि बढाइने जंगीअड्डाको भनाइ छ । पहिलो चरणमा विमानबाट ३७ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने सेनाको तयारी छ । जसका लागि भन्सार प्रक्रिया जारी रहेको जंगीअड्डाको दाबी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी