
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतको महाराष्ट्रमा एक हजारभन्दा बढी प्रहरीलाइ कोरोना संक्रमण देखिएको छ । महाराष्ट्रका प्रहरीका अनुसार वैशाख ३० गते मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका छन् । वैशाख ३० गते मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ। सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन्।
संङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन् । मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ। वैशाख ३० गते मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् । यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्