
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रुसमा कोरोना संक्रमितको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ । यससँगै रुस कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीको दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अमेरिका छ । लगातार दसौं दिन रुसमा नयाँ संक्रमित १० हजारभन्दा धेरैले थपिएका छन् । गत २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ संक्रमित थपिएका छन् । यससँगै रुसमा कूल संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।
यद्यपि रुसमा हालसम्म २ हजार १ सय १६ जनाको मात्र मृत्यु भएको छ । स्थानीय मिडिया रिपोर्टस्का अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवमा पनि कोरोना पोजेटिभ छ । संक्रमितको संख्या बढिरहेको बेला पुटिन सरकारले मंगलबारदेखि लकडाउन खुकुलो बनाएको छ । कारखाना, कन्स्ट्रक्सन साइटमा अनुमति पाएपछि धेरै ठाउँमा काम पनि सुरु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्