×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको पछिल्लो अपडेट : के छ फ्रान्समा महामारीको अवस्था ?

LAXMI SUNRISE BANK

कोरोनाको पछिल्लो अपडेट : के छ फ्रान्समा महामारीको अवस्था ?

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था...

  • र्थ सरोकार सम्बाददाता 
काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको जनाएको हो । फ्रान्समा कोरोना संक्रमितको संख्या एक लाख ७८ हजार हजार ३ सय ४९ रहेको छ । 
मृत्यु भएकामध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको बताएइको छ भने अन्यको मृत्यु स्याहार गृहमा भएको हो । यस्तै फ्रान्समा बितेको २४ घण्टामा ३४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । धेरै मृत्यु भएका देशहरुको सूचीमा फ्रान्सले स्पेनलाई पनि पछाडि पारेको छ । फ्रान्सभन्दा धेरै मृत्यु अमेरिका, बेलायतमा र इटालीमा भएका छन् ।
अमेरिकामा सबैभन्दा धेरै ८२ हजार २ सय ४६, बेलायतमा ३२ हजार ७ सय ६९ र इटालीमा ३० हजार ९ सय ११ र स्पेनमा २६ हजार ९ सय २० जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी