×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरका कोरोना संक्रमित पुरुष दुवाकोटका स्थानीय, उपत्यका बाहिर नगएका उनलाई कसरी सर्यो कोरोना ?

LAXMI SUNRISE BANK

भक्तपुरका कोरोना संक्रमित पुरुष दुवाकोटका स्थानीय, उपत्यका बाहिर नगएका उनलाई कसरी सर्यो कोरोना ?

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुरमा कोरोना संक्रमित भएका पुरुष दुवाकोटमा बस्दै आएको खुलासा भएको खुलेको छ । उनी लकडाउनको समयमा उपत्यकाबाहिर नगएको भेटिएको छ । 
‘उपत्यका बाहिर गएको देखिएको छैन। थप अनुसन्धान भइरहेको छ,’ पाण्डेले भनिन्, ‘परिवारमा पनि बाहिरबाट कोही आएको देखिन्न।’ जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रमुख हुमाकला पाण्डले भनिन् । उपत्यका बाहिर नगएका उनलाई कोरोना कसरी सर्यो भन्ने कुराको छानविन भइरहेको छ । 
यता भक्तपुरमा भेटिएकी संक्रमित सरकारी पास लिएर तराइ पुगेर फर्केको रहस्य खुलेको छ । ती महिला महिला सुनसरीको झुम्काबाट तीन दिनअघि भक्तपुर पुगेकी फर्केकी थिइन् । मध्यपुर ठिमीमा कोठा लिएर बस्दै आएकी उनी लकडाउनको समयमा सरकारी पास लिएर सुनसरी पुगेकि थिइन् ।
‘उहाँ सुनसरीबाट आउनु भएको हो। पास नै लिएर आएको देखियो,’ जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रमुख हुमाकला पाण्डले भनिन् । उनका अनुसार अहिले महिला बस्ने घर पूर्णरुपमा सिल गरेर कन्ट्याक ट्रेसिङ थालिएको छ भने महिलालाई राति नै टेकु अस्पताल लगिएको छ ।

उनी पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुलासा भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर चागुनारायाण नगरपालिका वडा नम्वर १ दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी