
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को असर नेपाल टेलिकममा पनि परेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण पूर्णसरकारी स्वामित्वको नेपाल टेलिकमको आम्दानी ६७ करोड रुपैयाँले घटेको छ । नेपाल टेलिकमले ०७५ चैत मसान्तमा सेवा वापतको कूल आम्दानी २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ थियो । ०७६ असार चैत मसान्तमा ६७ करोड रुपैयाँले घटेर सेवा वापतको कूल आम्दानी २६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा खुम्चिएको टेलिकमले जनाएको छ ।
२०७५ चैत १ गतेदेखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको र कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको हो ।
यो आर्थिक वर्षको तेस्रो त्रैमासम्म उक्त डिस्काउन्ट रकम कूल ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको टेलिकमले जनाएको छ । यसरी चालु आवको तेस्रो त्रैमाससम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोड रुपैयाँले बढी हो ।
त्यसैगरी, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चैत ११ गतेदेखि घोषणा गरिएको लकडाउनको कारणले चैत महिनाको राजस्वमा नकारात्मक असर परेको छ । लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकम कूल ५३ करोड ४ लाख बराबरको हुने तर सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ कारोड ३ लाख बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको छ ।
त्यस्तै, मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । जुन ८ करोड २ लाख बराबरको भएको टेलिकमले जनाएको छ । यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६ करोड ९ लाख बराबरको नकारात्मक असर परेको छ । यस बाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान गरेको छ ।
उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई नाफामा असर परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्