
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मंगलबार कोरोना संक्रमणको पुष्टि भएका रुपन्देही र कपिलवस्तुका सबै संक्रमितहरु लुकिछिपी भारतबाट नेपाल आएको पाइएको छ । केही दिनअघि मात्र उनीहरु लकडाउन छलेर लुकिछिपी नेपाल आएको पाइएको हो ।
जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार रुपन्देहीमा भेटिएका ९ जना संक्रमितहरु ४/५ दिनको अवधिमा भारतबाट लुकिछिपी नेपाल आएका थिए । संक्रमितहरु सबैलाई लुम्बिनी विश्व विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका कुल एक सय ७४ जनामध्ये ६ जनाको सोमबार नै रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार पनि ९ जना रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस्तै मंगलबार नै कोरोना संक्रमित देखिएका कपिलवस्तुका ८ जना पनि केही दिन पहिले भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ। कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नयाँ संक्रमित सबै केही दिन पहिले भारतबाट आएको जानकारी दिए । उनीहरुलाई पनि क्वारेन्टाइनमै राखिएको थियो । सोहि क्रममा स्वाब संकलन गरिएको थियो । मंगलबार मात्रै नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्