
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न संकटलाई ध्यानमा राखेर महालक्ष्मी विकास बैंक लिमिटेडले २०७६ चैत महिनाको ऋणको किस्ताको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ।
हाल विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरुमध्ये चैत्र मसान्तभित्रमा भुक्तानी भएका किस्ताहरुको ब्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय बैंकले गरेको हो । ग्राहकले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै जम्मा ब्याज रकमको १०% छुटबाट हुन आउने ब्याज रकम ग्राहककै खातामा जम्मा गरिसकेको बैंकले जनाएको छ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०२ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्