Skip to content
LAXMI SUNRISE BANK

बंगलादेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३९ पुग्यो, संक्रमितको संख्या कति ? (अपडेट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा ज्यान गुमाउनको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २३९ पुगेको हो ।
एकैदिन थप १ हजार ३४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ६९१ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमितमध्ये २ हजार ४१४ जना उपचारपछि निको भएका छन् । १५ हजार ६९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यस्तै विश्वभर ज्यान गुमाउनेको संख्या भने  २ लाख ८७ हजार नाघेको छ भने ४२ लाख ५६ हजार बढी व्यक्ति संक्रमित भएका छन् । निको हुनेको संख्या १५ लाख २७ हजार बढी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK