Skip to content
LAXMI SUNRISE BANK

लकडाउनका बेला काठमाडौंबाट खोटाङ गएका दुई युवकको आरडिटी रिपोर्ट ‘पोजेटिभ’, पिसिआर रिपोर्ट कस्तो आउला ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
खोटाङ – खोटाङका दुई युवाको (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) आरडिटी नतिजा पोजेटिभ देखिएको छ । लकडाउनको समयमा काठमाडौंबाट घर गएका खोटाङ साकेला गाउँपालिका–२ रतन्छाका उनीहरुको आरडीटी रिपोर्ट पोजेटिभ आएको हो । दुबईबाट गत फागुन ११ गते काठमाडौं आएर १२ वैशाखमा गाडी रिजर्भ गरी गाउँ पुगेका ५८ वर्षका पुरुष र काठमाडौं बस्दै आएका २३ वर्षीय युवकको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले जानकारी दिएका छन् ।
आरडिटी पोजिटिभ देखिएकाहरुको परिवारका सदस्यहरुको पिसिआर परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले बताएका छन् । २३ वर्षीय युवक पनि लकडाउनका बेला गाडी रिजर्भ गरी वैशाख १३ गते काठमाडौंबाट घर गएका थिए । काठमाडौंबाट गाउँ पुगेपछि उनीहरु १४ दिन क्वारेन्टाइन बसेर घर गएका थिए ।
५८ वर्षीय पुरुष चढेको बा ४ ख २१२९ नम्बरको गाडीमा ३७ जना र २३ वर्षीय युवक चढेको बा ४ ख ५०२८ नम्बरको गाडीमार्फत ३८ जना सर्वसाधारण काठमाडौंबाट खोटाङ पुगेको रेकर्ड प्रहरीमा रहेको पाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK