×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ को बजेट अधिवेशन गर्न बैठक कक्षको समस्या, जेठ १३ गते बैठक आह्वान गर्ने तयारी

LAXMI SUNRISE BANK

प्रदेश १ को बजेट अधिवेशन गर्न बैठक कक्षको समस्या, जेठ १३ गते बैठक आह्वान गर्ने तयारी

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । प्रदेश १ को बजेट अधिवेशन गर्नका लागि बैठक कक्षको समस्या भएको छ । हालको बैठक कक्ष साँघुरो भएकाले सामाजिक दुरी कसरी कायम गराउने भन्ने समस्या आइपरेको हो । प्रदेश नं. १ को बजेट अधिवेशन आगामी जेठ १३ गते आह्वान गर्ने तयारी भएको छ । 
अन्यत्र बैठक गर्दा पनि प्रदेशसभा सचिवालयको प्रशासनिक संयन्त्र, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रमुख विपक्षी दलको नेतालगायतको कार्यालय व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसो गर्दा खर्चिलो र समय पनि धेरै लाग्ने हुन्छ । अहिलेकै हल प्रयोग गर्ने बाध्यतामा प्रदेशसभा सचिवालय छ । ‘सत्तापक्ष र प्रतिपक्षका माननीयहरुले पनि अहिलेको प्रदेशसभा हललाई नै आवश्यक तयारी गरी बैठक चलाउन राय सुझाव दिनु भएको छ,’ सभामुख प्रदीपकुमार भण्डारीले भने, ‘केही साँघुरो भए पनि यही हलमा व्यवस्था गर्ने तयारी छ ।’
सभामुख भण्डारीले अधिवेशन सुरु गर्ने विषयमा मुख्यमन्त्री शेरधन राईसहित सरकारका मन्त्री, प्रमुख विपक्षी दलका नेता र सत्तारुढ दलका नेताहरुसँग छलफल चलाएका छन् । उनीहरुको रायअनुसार वर्षे अधिवेशन आगामी जेठ १३ गते बस्ने गरी आवश्यक तयारी भइरहेको सभामुख भण्डारीले जानकारी दिए ।
‘आगामी जेठ १६ गतेभित्र बजेटको पूर्व छलफल सक्नुपर्ने बाध्यतामा हामी रहेका छौं,’ सभामुख भण्डारीले भने, ‘त्यसका लागि आवश्यक समय र तयारीका लागि १३ जेठमा अधिवेशन आह्वान गर्ने निष्कर्षसहित आवश्यक तयारी थालेका छौ ।’
असार एक गतेसम्म प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले १५ देखि २५ जेठसम्म बजेटमाथि प्रदेश सभामा छलफल गर्ने कार्यसूची छ । हालको बैठक कक्षमा रहेको दर्शकदीर्घा तथा सञ्चारकर्मी बस्ने कुर्सी हटाएर आधा सांसदहरुलाई बस्ने व्यवस्था गरिने र आधालाई सचिवालयको माथिल्लो तलाको हलमा डिजिटल स्क्रिन राखेर सहभागी गराइ बैठक सन्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । प्रदेश १ मा ९३ जना सांसद छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी