
- अर्थ सरोकार सम्बाददाता
ईलाम – इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिव ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट सुरु भएको आगलागीबाट ३ घर पुर्ण रुपमा क्षति पुगेको छ।
कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीले जानकारी दिएका छन् । यस्तै घरमा रहेको २ वटा मध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो । आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा क्षति पुगेको छ।
नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो विहान करिव ५ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईका अनुसार आगलागीबाट घर पुर्ण रुपमा क्षति भएको पिडित परिवारलाई ५० हजार र लत्ता कपडा आज नै राहत स्वरुप प्रदान गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्