×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा कोरोना संक्रमणको जोखिम बढेपछि ह्वाइट हाउसमा पनि मास्क प्रयोग सुरु, १३ लाख ४६ हजार बढी संक्रमित

LAXMI SUNRISE BANK

अमेरिकामा कोरोना संक्रमणको जोखिम बढेपछि ह्वाइट हाउसमा पनि मास्क प्रयोग सुरु, १३ लाख ४६ हजार बढी संक्रमित

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अमेरिकामा कोरोना भाइरसका कारण दिनप्रतिदिन ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ८० हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् । अमेरिकामा  संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न थालेका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई लुकेर बसेको दुश्मनको संज्ञा दिएका छन् । ट्रम्पका अनुसार अमेरिकामा दैनिक एक लाख ५० हजारदेखि तीन लाख जनाको परीक्षण भइरहेको छ । सोमबारसम्म ९० लाखभन्दा बढीको कोरोना परीक्षण भइसकेको छ ।
कोरोनाको संक्रमणको महामारीसँगै अमेरिकी अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । ट्रम्पले भने आगामी वर्ष अमेरिकी अर्थव्यवस्था राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आगामी वर्ष सबैभन्दा राम्रो वर्ष हुने छ किनभने बजारमा माग अत्यधिक हुनेछ ।’
ह्वाइट हाउसकै कर्मचारीहरु पनि कोरोनो संक्रमित पाइएको सन्दर्भमा ट्रम्पले भने, ‘एक जनामा पोजेटिभ देखिएको छ । आश्चर्य त यो छ कि एक दिन अगाडि नेगेटिभ पाइएको थियो । यो लुकेर बसेको दुश्मन हो । हामी चनाखो हुनुपर्छ ।’
यसअघि गत बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको थियो । त्यसको तीन दिनपछि उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ह्वाइट हाउस टास्क फोर्सका मुख्य तीन अधिकारीहरु क्वारेन्टाइनमा छन् ।
कोरोना संक्रमणको जोखिम महसुस गरेपछि ह्वाइट हाउसका अन्य कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न सुरु गरेका छन् । अमेरिकी मिडियाहरुले सार्वजनिक गरेको एउटा तस्वीरमा ह्वाइट हाउसका कर्मचारीहरूले मास्क लगाएको देखिएको छ ।
अमेरिकी मिडियाका अनुसार ह्वाइटहाउसले आफ्ना कर्मचारीहरुलाई मास्क प्रयोग गर्न सूचित गरेको छ । तर, राष्ट्रपति ट्रम्प स्वयंमा भने यो अझै लागू भएको छैन । किनभने उनले मास्क लगाएको अझै देखिएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी