×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना परीक्षणका लागि चीन सरकारद्वारा ४० हजार पीसीआर किट नेपाललाई हस्तान्तरण

LAXMI SUNRISE BANK

कोरोना परीक्षणका लागि चीन सरकारद्वारा ४० हजार पीसीआर किट नेपाललाई हस्तान्तरण

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई मेडिकल सामग्री हस्तान्तरण गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम गरी चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । 
चीनले नेपाललाई ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान उपलव्ध गराएको हो । कार्यक्रममा चीनका लागि नेपाली राजदुत यान्छीले संकटको समयमा नेपालले चीनलाई गरेको सहयोगको कदर गर्दै आफुहरुले पनि यस रोगथामको समयमा सहयोग गर्न पाउदा खुसी व्यक्ति गरिन ।
यता हतान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनले सधैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको भन्दै चीनको प्रशंसा गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी