
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा सुचारु गर्न निर्देशन दिएको छ । आइतबार परिपत्र जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
सरकारको निर्देशनपछि सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न भनेको छ । यस्तै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सावधानीसहित नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न परिपत्रमा भनिएको छ। मन्त्रालयको परिपत्र संघीय मन्त्रालय अन्तर्गत सञ्चालित, मेडिक कलेज, विज्ञान प्रतिष्ठान अन्तर्गका शिक्षण अस्पतालहरुमा लागू हुनेछ । यस्तै, प्रदेश अन्तर्गत सञ्चालित, स्थानीय तहबाट सञ्चालित स्वास्थ्य संस्था र अस्पताल तथा निजी र गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालमा पनि लागू हुनेछ।
स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले अस्पतालमा ओपिडी सेवा सुचारु गर्दा अस्पतालले कोरोनाको जोखिमलाई ध्यान दिन पनि आग्रह गरेका छन् । डा. लोहनीले सरकारले तोकेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्नुपर्ने पनि बताएका छन्।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्