×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ला लिगा र सेगुन्डाका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि, लक्षणबिना नै अन्तिम चरणमा

LAXMI SUNRISE BANK

ला लिगा र सेगुन्डाका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि, लक्षणबिना नै अन्तिम चरणमा

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ला लिगाले स्पेनको पहिलो र दोस्रो डिभिजन लिग खेल्ने ५ खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको छ । स्पेनिस फुटबल फेरि सुचारु गर्ने नीतिअन्तर्गत पहिलो चरणमा ला–लिगा खेल्ने २० र सेगुन्डा (दोस्रो डिभिजन) का २२ गरी ४२ वटा ट्रेनिङ मैदानमा यसै साता परीक्षण गरिएको थियो । 
‘यी क्लबमा ५ वटा कोरोना भाइरस पोजेटिभ केस भेटिएको छ । यी कुनै पनि खेलाडीमा लक्षण देखिएको थिएन र उनीहरु रोगको अन्तिम चरणमा थिए,’ लालिगाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । 
पोजेटिभ देखिएका खेलाडीहरु घरमै आइशोलेसनमा बस्नेछन् र आगामी दिनमा फेरि उनीहरुलाई परीक्षण गरिनेछ । जब उनीहरुको परीक्षण नतिजा दुईपटक नेगेटिभ आउनेछ, त्यसको ७२ घण्टापछि उनीहरु आफ्ना खेलाडीसँग फेरि अभ्यसमा सहभागि हुनेछन् । व्यक्तिगत कारणले गर्दा संक्रमित कुनै पनि खेलाडीको नाम नखुलाउने लालिगाले जनाएको छ ।
यसअघि बार्सिलोनाले गत शुक्रबारबाट आफ्नो अभ्यास सुरु गरिसकेको छ । भिल्लारियल, सेभिल्ला, ओशासुनाले पनि त्यसयता आफ्नो अभ्यास सुरु गरेका छन् भने अन्य धेरै क्लबले अभ्यास सुरु गर्नेवाला छन् । 
स्पेनमा अहिलेसम्म २ लाख २२ हजारभन्दा धेरैमा कोरोना भाइरस देखिएको छ भने २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । – एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी