
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको हो । काठमाडौँंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् ।
स्वदेश फर्कन पाउनु पर्ने माग राख्दै उनीहरुले शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गर्दै प्रहरीलाई कुटपिट गरेका थिए । यस्तै उनीहरुले महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले चिनियाँ नागरिकलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धान थालिएको जानकारी दिए । कुटपिटमा प्रत्यक्ष संलग्न बाहेक अन्य व्यक्ति भने साधारण तारेखमा छुटेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्