×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुसमा कोरोना संक्रमित संख्या १ लाख ९८ हजार नाघ्यो, एक सातादेखि दैनिक १० हजारभन्दा बढी संक्रमित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रुसमा कोरोना संक्रमित संख्या १ लाख ९८ हजार नाघ्यो, एक सातादेखि दैनिक १० हजारभन्दा बढी संक्रमित

Artha Sarokar

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रुसमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ । रुसमा एक सातादेखि दैनिक १० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । शनिबार पनि १० हजार ८१७ जना नयाँ  संक्रमित फेला परेको छ । यहि अनुसार एक हप्तामा रुसमा संक्रमित हुनेको संख्या ७५ हजार पुगेको छ ।
त्यस्तै शुक्रबार १० हजार ६९९ जना र बिहिबार ११ हजार २३१ जना संक्रमित भएका थिए । त्यसअघि पनि दैनिक १० हजारभन्दा बढी संक्रमित भएका थिए । अहिलेसम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ९८ हजार ६७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १०४ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ हजार ८२७ पुगेको छ । संक्रमितमध्ये ३१ हजार ९१६ जना निको भएर घर फर्किएका छन् भने १ लाख ६४ हजार ९३३ जनाको उपचार जारी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी