- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लकडाउनअघि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कारोबार भएको सेयरको राफसाफ तथा फछ्र्यौट बैशाख २९ गते(सोमबार)देखि हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना मार्फत दोश्रो बजारमा लकडाउन अघि कारोबार भएका सेयरको राफसाफ सोमबारदेखि नियमित हुने जानकारी दिएको हो ।
साथै, सिडिएसीले सरकारको निर्देशन अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई, सामाजिक दूरी कायम गरी गराई धितोपत्र सम्बन्धी सेवा एक तिहाइ कर्मचारीद्धारा सञ्चालन गर्ने निर्णय अनुसार अवको कारोबारको राफसाफ नियमित गर्ने जनाएको छ । आगामी बैशाख ३० गतेदेखि दुई घण्टाको लागि सेयर कारोबार सञ्चालन हुने भएको छ ।
नेप्सेमा लकडाउन अघि अर्थात २०७६ चैत ९ गते आइतबार भएको कारोबारको राफसाफ हुन बाँकी रहेको सीडिएससीका अध्यक्ष चन्द्रसिंह साउदले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्