×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीन-भारत सीमा क्षेत्रमा झडप, ११ सैनिक घाइते

LAXMI SUNRISE BANK

चीन-भारत सीमा क्षेत्रमा झडप, ११ सैनिक घाइते

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिक्किमतर्फको चीन–भारत सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको छ । झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार, उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार यो झडप भएको हो । समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा झडप र विवाद भएको थियो । जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका छन् ।
यद्यपि, स्थानीयस्तरमा यो विवाद सुल्झाइएको छ । यो विवादमा एक सय ५० सैनिक सामेल भएका थिए । लामो समयको विवादपछि दुवैतर्फका सेनाहरू आफ्नो पोस्टमा फर्किएका थिए । भारत र चीनको सीमाक्षेत्रमा बेलाबेलामा तनाव हुने गरेको छ । यसअघि सन् २०१७ मा पनि चीन र भारतको सीमाक्षेत्रमा तनाव भएको थियो । -हिन्दुस्तान टाइम्स
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी