
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । ब्राजिलले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय २७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
साथै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ५५ हजार नौ सय ३९ पुगेको छ । यद्यपि सरकारको यो तथ्यांक विश्वसनीय नरहेको र वास्तविक संक्रमितको संख्या निकै बढी रहेको वैज्ञानिकहरुले बताएका छन् ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेसँगै नेशनल कंग्रेसले तीन दिनसम्म आधिकारिक शोक मनाउने निर्णय गरेको छ । साथै सबै नागरिकलाई कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सिफारिस गरिएको नियम पालना गर्न सुझाव दिइएको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले भने कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको नियमको आलोचना गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्