×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना महामारीका कारण अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोजगार

LAXMI SUNRISE BANK

कोरोना महामारीका कारण अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोजगार

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कोरोना भाइरसको महामारीले उद्योग, ब्यापारव्यवसाय ठप्प भएको अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोगार भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएकाहरुलाई गत हप्ता सरकारले दिएको सहुलियत लिने बेरोजगारहरुको संख्या नै ३२ लाखभन्दा बढी रहेको बीबीसीले जनाएको छ ।
हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको भने अप्रिल महिनामा मात्रै १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ ।
अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा अहिले १४.७ प्रतिशत पुगेको छ ।
यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । – बीबीसी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी