
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आइतबार र सोमबार राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्वीचाटार– स्वयम्भु फिडरबाट वितरित लाइन काटिने जनाएको हो ।
ती स्थानको विद्युत् लाइन छुटाइ तथा सितापाइला गोल्छा चोक सँगैको स्विच काटी कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिनुभयो ।
सो फिडरअन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउरालीलगायतका स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ ।
ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् सेवा उपलब्ध हुने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्