- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरसका कारण बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।
ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएको थिए । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ । विश्वभर ज्यान गुमाउने संख्या २ लाख ८० हजार नाघेको छ।