
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २८ यताकै सबैभन्दा बढी हो । चीनको नेशनल हेल्थ कमिसनले आइतबार (आज) दिएको जानकारी अनुसार १४ मध्ये दुई जना विदेशबाट आएका मानिस हुन् । बाँकी १२ जना स्थानीय संक्रमित हुन् । भेटिएका नयाँ संक्रमित मध्ये ११ जना उत्तरपश्चिमी प्रान्त जिलिनका हुन् ।
यस्तै, चीनमा बिना कुनै लक्षणका २० नयाँ संक्रमित भेटिएका छन् । चीनले लक्षणका लक्ष्ण नभएका यस्ता संक्रमितलाई गणना गर्ने गरेको छैन । यो संख्या पनि १ मे यताक सबैभन्दा धेरै हो । चीनमा समग्र संक्रमितको संख्या ८२ हजार नौ सय एक पुगेको छ ।
साथै अहिलेसम्म कोरोना भाइरसको कारण चार हजार ६३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७८ हजार एक सय २० संक्रमित निको भएर घर फर्किसकेका छन् । चीनमा अब केवल १४८ जना बिरामी निको हुन बाँकी छन् । जसमध्ये १३ जनाको अवस्था गम्भीर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्