Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रपति र सभामुखबीच भेटवार्ता, के बिषयमा भयो छलफल ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ । शितल निवासमा भएको भेटमा आजदेखि शुरु हुन लागेको संघीय संसदको छैठौं अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल भएको थियो । २ जेठमा संघीय संसदको संयुक्त बैठकमा राष्टपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संभावित कार्यसूची तय भइसकेको छ ।

सभामुख सापकोटाले राष्टपति भण्डारीलाई चालु बजेट अधिवेशन सञ्चालनका बारेमा पनि जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । साथै अहिले कोरोनाभाइरस संक्रमणको जोखिमका बाबजूद संसद बैठक सञ्चालनको तयारी गरिएको बारेमा पनि सभामुख सापकोटाले जानकारी गराएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK