×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अफ्रिकाले कोरोना रोकथामको लागि ध्यान नदिए १ लाख ९० हजार बढीको मृत्यु हुनसक्छ’ – डब्लूएचओ

LAXMI SUNRISE BANK

‘अफ्रिकाले कोरोना रोकथामको लागि ध्यान नदिए १ लाख ९० हजार बढीको मृत्यु हुनसक्छ’ – डब्लूएचओ

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) रोकथामको उपाय सफल नभए यस वर्ष एक लाख ९० हजार मानिसको मृत्यु हुनसक्ने अनुमान गरेको छ ।
डब्लूएचओको एक अध्ययनमा कोरोना भाइरसको महामारीले अफ्रिकामा ठूलो नोक्सानी पुर्याउन सक्ने देखिएको हो । यो अनुमान डब्लूएचओको अफ्रिकाका ४७ मुलुकमा गरिएको विश्लेषणको आधारमा तयार पारिएको हो । अध्ययनका अनुसार, अल्जेरिया, दक्षिण अफ्रिका र म्यानरुनमा कोरोना भाइरस रोकथामको लागि ध्यान नदिएको खण्डमा त्यहाँ कोरोना भाइरसको महामारी फैलिने खतरा बढी देखिएको छ ।
डब्लूएचओले यसअघि नै अफ्रिकाको लागि आगामी दिन निकै चुनौतीपूर्ण हुनसक्ने चेतावनी दिएको थियो । अत्यधिक संख्यामा मानिसहरु अस्पतालमा भर्ना भइरहेको कारण अफ्रिकाको स्वास्थ्य सेवा एक चुनौती बन्न सक्ने बताइएको छ । अध्ययनमा अफ्रिकी मुलुकहरुलाई आफ्नो अस्पतालको क्षमता बढाउन सुझाव दिइएको छ ।
गत मार्चमा गरिएको एक अध्ययनका अनुसार, अफ्रिकामा औसतमा १० लाख मानिसका लागि केवल ९ आईसीयू वार्ड रहेको तथ्यांक सार्वजनिक भएको थियो । – एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी