×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाको स्काइ ट्रकमार्फत भैरहवा, नेपालगन्ज र धनगढीमा पठाइयो ८ हजार परिक्षण किट

LAXMI SUNRISE BANK

नेपाली सेनाको स्काइ ट्रकमार्फत भैरहवा, नेपालगन्ज र धनगढीमा पठाइयो ८ हजार परिक्षण किट

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाली सेनाको स्काइ ट्रकमार्फत भैरहवा, नेपालगन्ज र धनगढीमा परिक्षण किट पठाईएको छ । स्वीस सरकारले दिएको ३० हजार पिसिआर परीक्षण किटमध्ये ८ हजार वटा किट उक्त स्थानहरुमा प्रयोगशालामा पठाइएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । 
किट अभावका कारण यी स्थानमा परिक्षण कार्य रोकिएको थियो । यसअघि आरएनए एक्स्ट्रयाक्सन किट अभावमा पाँच वटा प्रयोगशालामा परीक्षण रोकिएको थियो । जसमा वीर, चितवन, भैरहवा, सुर्खेत र धनगढीका प्रयोगशाला थिए।
किट आउने भएसँगै गत सातादेखि परीक्षण रोकिएको भैरहवामा रहेको प्रयोगशालामा पुनः परीक्षण हुने भएको छ । पछिल्लो समय किट अभावकै कारण परीक्षणको गति सुस्त भएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी