- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आज वैशाख पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूर्णिमाको दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापूर्वक यो दिनलाई मनाउने गर्छन् ।
काठमाडौंको वौद्धनाथ वुद्ध धर्मावलम्बीहरुको एक प्रमुख धार्मिकस्थल हो । हरक वर्ष वौद्ध जयन्तीमा यहाँ सयौं मानिसहरु दर्शन, पूजापाठ र प्रार्थनाका लागि जाने गर्दथे। तर यस वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणा लागि सरकारले गरेको लकडाउनका कारण बौद्ध क्षेत्र पुरै सुनसान छ।
हेर्नुहोस् १० तस्बिरमा सुनसान बौद्ध क्षेत्र :