×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक डाउनमा अटेर गरेर सैलुन खोल्दा ७ दिनको जेल चलान

LAXMI SUNRISE BANK

लक डाउनमा अटेर गरेर सैलुन खोल्दा ७ दिनको जेल चलान

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । अमेरिकाको टेक्सस राज्यको डल्लास सहरकी एक सैलुन सञ्चालिकालाई लक डाउनमा सैलुन बन्द गर्न अटेर गरेको भन्दै स्थानीय अदालतले ७ दिनको जेल सजाय सुनाएको छ । उत्तरी डल्लासमा सैलुन व्यवसाय गर्ने सेल्ली लुथरलाई राज्यले घरमै बस्न गरेको निर्देशनलाई अवज्ञा गरेकोमा कोपनातर अदालतले जेल सजाय सुनाएको हो । सीएनएनका अनुसार लुथरले सरकारद्वारा जारी गरेको निर्देशिका च्यात्दै सैलुन खोलेकी थिइन् । 
अदालतमा भावुक हुँदै लुथरले आफूले गरेको कार्यप्रति आत्मालोचना गर्दे जेल सजाय नसुनाउन आग्रह गरेकी थिइन् । उनले अदालतमा आफूमाथि लगाइएको स्वार्थीपनको आरोप खण्डन पनि गरिन् । लुथरले आफ्ना बालबच्चालाई भोकप्यास मेट्नका लागि सैलुन खोल्ने निर्णय गरेको बताएकी थिइन् । 
अदालतले उनको आत्मालोचनापश्चात पनि उनलाई ७ दिनको जेल सजाय प्रदान गर्ने निर्णय गरेको हो। लुथरलाई जेल सजाय सुुनाइएपछि उनको सर्मथनमा अदालतबाहिर विरोध प्रदर्शन भएको थियो । टेक्ससका गर्भनरले सेल्लीलाई सुनाइएको सजाय अलि बढी नै भएको बताएका छन् । 
त्यस्तै राज्यका एटोर्नी जर्नलले अदालतको यो निर्णयलाई कठोर, घृणित र हास्यास्पद भएको बताएका छन्। उनले हिजोमात्रै गर्भनरले राज्यमा प्रतिबन्धहरु खुकुलो पारिने बताएकाले लुथरलाई सुनाइएको सजाय गलत भएको बताए। टेक्ससमा कोरोनाको संक्रमण बढिरहेको छ। यहाँ १ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमण देखिएको छ। – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी