
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना संक्रमणको जोखिमका बीच सुरु हुन लागेको बजेट अधिवेशनमा चस्मा लगाएर जान नपाइने भएको छ । संसद सचिवालयले कलम, डायरी र औषधिसमेत संसदभित्र लैजान निषेध गरेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरानाबाट जोगिनका लागि चस्मा अनिवार्य लगाउनुपर्ने बताएका थिए । तर, शुक्रबार बेलुका ४ बजेदेखि सुरु हुने संसद अधिवेशनमा भने चश्मालाई निषेधित वस्तुको सूचीमा राखिएको छ ।
विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र पत्रकार तथा दर्शकदीर्घामा लागि छुट्टाछुट्टै प्रवेशद्वार छन् । त्यहाँ निषेधित वस्तुहरुको सूची टाँस गरिएको छ । सूचीमा कलम, डायरी, झोला, चस्मा, चाबी, सिक्का, चार्जर, छाता, लठ्ठीसमेत साथमा राख्न नपाइने उल्लेख छ ।
पत्रकारहरुले डायरी र कलम नै बोक्न नपाउने अचम्मको नियम संसद सचिवालयले बनाएको छ । चस्मा र औषधिसमेत निषेध गरिएकाले दृष्टि कमजोर भएका र नियमित औषधि खानेहरु पनि मर्कामा पर्ने देखिएको छ ।
संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने असावधानीबस त्यस्तो हुन गएको र सूचीलाई सच्याउने बताए । सच्चिएर कस्तो सूची आउने हो, हेर्न बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्