- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सानिमा जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमास वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । यो चैतमसान्तसम्ममा कम्पनीले खुद नाफा ३२.४२% ले बढोत्तरी गरी २ करोड ६९ लाख ४७ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसको बिमा कोष २ करोड १७ लाख ९८ हजार रुपैयाँबाट बढेर ४ करोड ४१ लाख ७ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा ३ करोड ७७ लाख ७१ हजार रुपैयाँ रहेको छ । यता, खुद बिमा शुल्क पनि २ करोड ७६ लाख रुपैयाँबाट बढेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
सानिमा जनरलको ३० करोड रुपैयाँ बराबरको आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था जनाउने केयर एनपीबीबीप्लस’ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यही पुँजीबाट ३०% आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्