×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको महाराष्ट्रमा मात्रै ‘लकडाउन’ उल्लङ्घन गर्ने साढे १८ हजार जना पक्राउ, ३ करोड रुपैयाँ राजस्व संकलन !

LAXMI SUNRISE BANK

भारतको महाराष्ट्रमा मात्रै ‘लकडाउन’ उल्लङ्घन गर्ने साढे १८ हजार जना पक्राउ, ३ करोड रुपैयाँ राजस्व संकलन !

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  भारतको महाराष्ट्र राज्यमा मात्रै १८ हजारभन्दा बढीले लकडाउन उल्लङ्घन गरेका छन् । भारतीय प्रहरीले लकडाउन उल्लङ्घन गर्ने १८ हजार ७ सय २२ जना व्यक्तिलाई नियन्त्रण लिई छाडिएको जनाएको छ ।
यस्तै ५३ हजार ७१ यातायातका साधन पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ। लकडाउनको अवज्ञा गर्नेहरुबाट करिव ३ करोड भारतीय रुपैयाँ राजश्व समेत असुल गरिएको छ । क्वारेन्टाइनको वा लकडाउनको नियम उल्लङ्घन गर्नेहरुका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अन्य कुनै गुनासो वा समस्याबारे समेत फोन गरेर जानकारी दिन सकिने जनाएको छ ।
भारतमा अहिले कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको भने १ हजार ७ सय बढीले ज्यान गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी