
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – शुक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्न आज (बिहीबार) सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न स्वाव संकलन सुरु भएको छ । संसद सचिवालयका अनुसार बिहिबार संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो ।
राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुनेछ । अहिले राष्ट्रियसभा सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन भइरहेको संसद सचिवालयले जनाएको छ भने सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पीसीआरु परीक्षण गर्ने तयारी छ। यस्तै प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।
संघीय संसदको दुबै सदनको वर्षे अधिवेशन वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्