×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बहराइनमा थप ८८ जना नेपाली कोरोना संक्रमित फेला, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

बहराइनमा थप ८८ जना नेपाली कोरोना संक्रमित फेला, संक्रमित संख्या कति पुग्यो ?

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बहराइनमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेको छ । खाडी मुलुक बहराइनमा अहिलेसम्म २४५ जना नेपाली कोरोना संक्रमित भएका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार बुधबार थप ८८ जना नेपालीमा संक्रमण फेला परेको छ । जसका कारण बहराइनमा अहिले कोरोन संक्रमित हुने नेपालीको संख्या २४५ पुगेको हो ।
दूतावासका अनुसार संक्रमितमध्ये केही नेपाली उपचारपछि ठीक भइसकेका छन् भने उपचार गराइरहेकाहरुको अवस्था सामान्य रहेको छ । अहिले सम्म बहराइनमा त्यहाँ ३ हजार ९३४ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ । बहराइनमा अहिलेसम्म १ हजार ८६० जना उपचारपछि निको भएर घर फर्केका छन् भने २ हजार ६६ जनाको उपचार भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी