काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसका लागि प्रमाणित नभएका औषधि प्रयोग नगर्न चेतावनी दिएको छ । अफ्रिकाका केही देशहरुमा यस्तो प्रवृत्ति देखिएपछि डब्ल्यूएचको यस्तो भनाई आएको छ । हालै माडागास्करका राष्ट्रपतिले कोरोनाका बिरामीको उपचारका लागि केही शक्तिबर्धक हर्बल टनिकलाई प्रोत्साहित गरेको खबर सार्वजनिक भएपछि डब्ल्यूएचओको यस्तो धारणा बाहिर आएको हो ।
त्यहाँका राष्ट्रपतिका सल्लाहकारले हर्बल टनिकको परीक्षण गरिएको बीबीसीलाई बताएका थिए । जुन डब्ल्यूएचओको चिकित्सकीय परीक्षण सम्बन्धी निर्देशिका अन्तर्गत पर्दैन । गत साता माडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनाले टनिकको बारेमा अफ्रिकी नेताहरूसँग अनलाइन बैठकमा कुराकानी समेत गरेका थिए ।
डब्ल्यूएचओले परम्परागत उपचार र वनस्पतिमा आधारित विभिन्न अनुसन्धानहरुको भने स्वागत गरेको छ । तर त्यसको चिकित्सक तथा वैज्ञानिकहरुले पुष्टि गर्नुपर्ने हुन्छ । वैज्ञानिक पुष्टि र प्रमाणितबिना यस्ता औषधि प्रयोग गर्नु घातक हुने डब्ल्यूएचओको भनाई छ । -बीबीसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्